लुम्बिनीमा माओवादी सरकारको आयु केही घण्टा मात्रै

मसुरिया । अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिन लागेका छन् ।

माओवादी केन्द्रका महरा मुख्यमन्त्री बनेका थिए । महरा अल्पमतमा परेका छन् । अल्पमतमा परेका महराले आइतबार विश्वासको मत लिन लागेका छन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए ।

देउखुरीको मसुरियामा आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच साझेदारी बनेपछि एमालेले समर्थन फिर्ता लिने सरकारमा सहभागी ५ जना मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए ।

लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेले नयाँ सरकार बनाउने छन् । एमालेले पहिलो चरणमा मुख्यमन्त्री पाउनेछ । दोस्रो चरणमा कांग्रेसले मुख्यमन्त्री पाउनेछ ।

महरा २३ चैतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महराको सरकार आइतबार २ बजेसम्म ढल्ने पक्का छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ११ दलको प्रतिनिधित्व छ । सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

नेकपा (माओवादी केन्द्र)का (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४÷४, जनता समाजवादी पार्टी (जसपा) २, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३÷३, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् ।

Published : Saturday, 2024 July 20, 6:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया