बङ्गलादेशमा रहेका विद्यार्थीलाई सहयोग र जानकारी दिन परराष्ट्र मन्त्रालयद्वारा अनलाइनमार्फत निवेदन आह्वान

काठमाडौं । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी र अभिभावकहरूलाई आवश्यक जानकारी, सहयोग तथा सहजीकरणका लागि अनलाइनबाट निवेदन दिन पनि सकिने व्यवस्था गरेको जनाएको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणाले बङ्गलादेशको विकसित पछिल्लो घटनामा नेपाली विद्यार्थीलाई कुनै समस्या नहोस् भनेर चासो र चिन्ता राख्दै मातहतलाई सहयोगका लागि तयारी गर्न निर्देशन दिएकी छिन् ।

मन्त्री डा.राणाको निर्देशनपछि परराष्ट्र मन्त्रालयले अनलाइनबाट निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले स्थापना गरेको लिङ्कमा अनलाईन निवेदन दिन सक्ने भन्दै सोहीअनुसारको व्यवस्था मिलाइएको शनिबार जारी सूचनामा उल्लेख छ ।

निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्ने छन् । प्रत्यक्ष सम्पर्क गर्नका परराष्ट्र मन्त्रालयले विभिन्न व्यक्तिहरूलाई सम्पर्क व्यक्ति तोकेको छ ।

शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई +९७७९८५११६६९८७ मा सम्पर्क गर्न सकिनेछ । नेपाली राजदूतावास, ढाकाकी द्वितीय सचिव योजना बम्जनलाई ८८०१८८०६९१०१३ सम्पर्क गर्न सकिनेछ । रिया क्षेत्रीलाई +८८०१७४५४०७९५८ मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा बङ्गलादेशबाट हालसालै नेपाल फर्किएका वा अब नेपाल फर्कने नेपाली विद्यार्थीले आफ्नो नाम, राहदानी नम्बर एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा अवगत गराइदिन समेत अनुरोध गरेको छ ।

000

बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा परराष्ट्र मन्त्रालयको सूचना!

Posted on

नेपाल सरकार
परराष्ट्र मन्त्रालय

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।

निवेदनका लागि निम्न लिङ्कमा जानुहोसः

आवश्यक विवरण भरी Form Submit गर्नुहोस् ।

साथै, प्रत्यक्ष सम्पर्क गर्नका निमित्त देहायबमोजिमका व्यक्तिहरूलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी गराइन्छः

परराष्ट्र मन्त्रालय, काठमाडौं

शाखा अधिकृत महेश्वरमणि त्रिपाठी

फोन नं. +९७७९८५११६६९८७

इमेलः [email protected]

नेपाली राजदूतावास, ढाका

द्वितीय सचिव योजना बम्जन

फोन नं. +८८०१८८०६९१०१३

इमेलः [email protected]

[email protected]

रिया क्षेत्री

फोन नं. +८८०१७४५४०७९५८

यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा बङ्गलादेशबाट हालसालै नेपाल फर्कनुभएका वा अब नेपाल फर्कनुहुने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा अवगत गराइदिनुहुन समेत अनुरोध गरिन्छः

ईमेलः  [email protected]

परराष्ट्र मन्त्रालय

सिंहदरवार, काठमाडौं ।

२०८१ साउन ५

Published : Saturday, 2024 July 20, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया