बङ्गलादेशमा रहेका विद्यार्थीले चाहने सहयोग अनलाइनमार्फत निवेदन दिन मन्त्री डा.राणाद्वारा आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले बङ्गलादेशमा विकसित पछिल्लो घटना क्रममा आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि अनलाइनमार्फत निवेदन दिन आह्वान गरेकी छिन् ।

शनिबार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत डा.राणाले परराष्ट्र मन्त्रालयबाट चाहने सहयोग गर्न तयारी अवस्थामा रहेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा वहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ ।’

‘निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

बङ्गलादेशमा नेपाली विद्यार्थी चिकित्सा लगायत विभिन्न विषयमा अध्ययनका लागि गएका छन् । बङ्गलादेशमा पछिल्लो समय भएका प्रदर्शनहरूप्रति चिन्ता जनाउँदै परराष्ट्र मन्त्रालयले नेपाली विद्यार्थीले चाहने आवश्यकका लागि तयारी अवस्थामा रहेको छ ।

बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको चाहना र इच्छाअनुसार परराष्ट्र मन्त्रालय र बाढास्थित नेपाली राजदूतावासले आवश्यक सहयोग गर्दै आएको छ । परराष्ट्रमन्त्री डा.राणाले नेपाली विद्यार्थीले चाहेअनुसारको सहयोग गर्न निर्देशन दिएकी छिन् । यस विषयमा मन्त्री डा.राणा आफैले प्रत्यक्ष जानकारी लिने गरेकी छिन् ।

000

बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा परराष्ट्र मन्त्रालयको सूचना!

Posted on

नेपाल सरकार
परराष्ट्र मन्त्रालय

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।

निवेदनका लागि निम्न लिङ्कमा जानुहोसः

आवश्यक विवरण भरी Form Submit गर्नुहोस् ।

साथै, प्रत्यक्ष सम्पर्क गर्नका निमित्त देहायबमोजिमका व्यक्तिहरूलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी गराइन्छः

परराष्ट्र मन्त्रालय, काठमाडौं

शाखा अधिकृत महेश्वरमणि त्रिपाठी

फोन नं. +९७७९८५११६६९८७

इमेलः [email protected]

नेपाली राजदूतावास, ढाका

द्वितीय सचिव योजना बम्जन

फोन नं. +८८०१८८०६९१०१३

इमेलः [email protected]

[email protected]

रिया क्षेत्री

फोन नं. +८८०१७४५४०७९५८

यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा बङ्गलादेशबाट हालसालै नेपाल फर्कनुभएका वा अब नेपाल फर्कनुहुने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा अवगत गराइदिनुहुन समेत अनुरोध गरिन्छः

ईमेलः  [email protected]

परराष्ट्र मन्त्रालय

सिंहदरवार, काठमाडौं ।

२०८१ साउन ५

Published : Saturday, 2024 July 20, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया