बागमती र लुम्बिनीमा आजदेखि माओवादी सत्ताच्युत हुने, कांग्रेस-एमालेले सरकार बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको बागमती प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार ढल्न लागेका छन् ।

करीव दुई हप्तादेखि अल्पमतमा परेका बागमती र लुम्बिनी प्रदेश सरकारहरू आइतबारदेखि औपचारिक रुपमा विदाइ हुनेछन् । उनीहरूले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । माओवादी नेतृत्वको बागमती र लुम्बिनी प्रदेश सरकारहरूले विश्वासको मत पाउने छैनन् ।

बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल र लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा छन् । दुबैले विश्वासको मत लिन लागेका छन् । उनीहरूले कतै सरकार बचाउन सकिन्छ की भनेर हर प्रयास गरिरहेका छन् । उनीहरूको सरकार बच्ने वा विश्वासको मत पाउने कुनै सम्भावना छैन ।

बागमती र लुम्बिनीको सरकार ढल्यो भने बागमतीमा नेपाली कांग्रेसले नेतृत्व गर्नेछ । लुम्बिनीमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति बनेको छ ।

बागमती र लुम्बिनीमा सरकार ढल्यो भने कांग्रेस र एमालेले नयाँ सरकार बनाउन पहल थाल्नेछन् । उनीहरूले दाबी र समर्थन सबै बुझाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने छन् ।

Published : Sunday, 2024 July 21, 10:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया