सभापति देउवाद्वारा वीपी कोइरालाको स्मरणमा कांग्रेस केन्द्रीय कार्यालयमा पुस्तकालय उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा पुस्तकालयको उद्घाटन गरेका छन् ।

आइतबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले पुस्तकालयको उद्घाटन र शुभारम्भ गरेका छन् । उनले पुस्तकालयको अवलोकन पनि गरेका छन् ।

सभापति देउवाले वीपी कोइरालाको योगदानको स्मरण गरेका छन् । उनले अहिले पनि वीपीको महत्व उत्तिकै रहेको बताए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका वीपी कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो ।

वीपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् ।

विक्रम संवत् १९७१ भदौ २४ गते वीपी कोइरालाको जन्म भएको थियो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

Published : Sunday, 2024 July 21, 11:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया