वीपीले देखाएको परिकल्पनामा तरुण दल हिंडेको छ : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले वीपी कोइरालालाई स्मरण गर्दै हरेक पक्षबाट जनता सबल हुनु नै समाजवाद भएको बताएका छन् ।

आइतबार वीपी कोइरालालाई स्मरण गर्दै अध्यक्ष गुरुङले भने, ‘हरेक पक्षबाट जनता सबल हुनुनै समाजवादको मूल मर्म हो ।’

उनले वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद तरुणहरूले आदर्शको रुपमा लिइरहेको बताए ।

राष्ट्रको विकास र लोकतन्त्रको संरक्षणमा पूर्ण बफादार भएर नेपाल तरुण दल केन्द्रीय समिति एक भएर अघि बढिरहेको अध्यक्ष गुरुङले बताए ।

‘वीपी कोइरालाले परिकल्पना गरेको तरुण दलको सिङ्गो संगठन वहाँले देखाउनुभएको बाटोमा हिड्न तत्पर छ’, अध्यक्ष गुरुङले भने ।

Published : Sunday, 2024 July 21, 2:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया