बङ्गलादेशमा रहेका विद्यार्थीलाई सहयोग गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले बङ्गलादेशमा अध्ययनमा रहेका नेपाली विद्यार्थी स्वदेश फिर्ता हुन चाहेमा सहयोग गर्न आग्रह गरेको छ ।

आइतबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले बङ्गलादेशको पछिल्लो आन्दोलनबाट सिर्जित अवस्थाबाट समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न भनेको हो ।

‘बंगलादेशमा चलिरहेको आन्दोलनबाट नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकहरु समेत प्रभावित भई स्वदेश फिर्तिमा समेत समस्या भइरहेको समाचारहरू आइरहेको हुँदा बंगलादेशमा अध्ययनरत विद्यार्थी लगायत अन्य नेपाली नागरिकहरूको सुरक्षा एवं इच्छुकहरूलाई स्वेदश फिर्तिको सहज वातावरण निर्माण गरिदिन यो बैठक नेपाल सरकारसँग माग गर्दछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणाले बङ्गलादेशमा रहेका विद्यार्थी, जो स्वदेश फिर्ता हुन चाहेका छन् उनीहरूलाई सहजी करण गरेर उद्धार गरिरहेकी छिन् । बङ्गलादेशबाट ८ सयभन्दा धेरै नेपाली विद्यार्थी स्वदेश फिर्ता भइसकेका छन् ।

Published : Sunday, 2024 July 21, 3:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया