बुढानिलकण्ठमा जुवातास खेल्ने रेशम लामासहित १० जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–११ खरिबोट प्रगति चोक डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–६ घर भएका ७२ वर्षीय रमेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ५ सय रूपियाँ, ६ बुक तास र ३७ थान क्वाईनसहित पक्राउ गरेको हो ।

Published : Sunday, 2024 July 21, 4:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया