भारतीय राजदूतावास लैनचौरमा गुरुपूर्णिमा उत्सवको विशेष कार्यक्रम

काठमाडौं । असार पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावास लैनचौरले विशेष कार्यक्रमको आयोजना गरेको छ ।

आइतबार गुरुपूर्णिमा उत्सवमा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरूले सहभागिता जनाएका छन् ।
भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँच जना तपस्वी चेलालाई आफ्नो पहिलो उपदेश दिएको क्षण नै असार पूर्णिमा हो ।

भारतको बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिएको उपदेशले सबैलाई ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’को रुपमा पनि चिन्ने गरिन्छ ।

कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सूत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो ।

नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्धस्थलले दुवै देशबीचको साझा साँस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताए ।

नियोग उप–प्रमुखले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको बताए ।

Published : Sunday, 2024 July 21, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया