नेपाल पूर्व प्रहरी कलाकार संघको उद्घाटन

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल पूर्व प्रहरी कलाकार संघको विधिवत् उद्घाटन गरेका छन् ।

कलाकार मिथिला शर्मा बोहराद्वारा स्थापित २०८१ को गोपाल योञ्जन सङ्गीत साधना पुरस्कार प्रसिद्ध संगीतकार शिलाबहादुर मोक्तानलाई, चेतन कार्की गीति वाङ्मय पुरस्कार प्रसिद्ध गीतकार श्रीपुरूष ढकाललाई, हाडा एन्ड पाल हास्य वाङ्मय पुरस्कार प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ ।

संघका अध्यक्ष रामबहादुर थापाले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा संघकी वरिष्ठ सल्लाहकार मिथिला शर्मा बोहराले स्रष्टा सम्मान कार्यक्रमको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।

संघका संस्थापक संरक्षक क्षेत्रबहादुर गुरूङले स्वागत मन्तव्य व्यक्त तथा कोषाध्यक्ष गीता गुरूङले संघको उद्देश्य बारेमा जानकारी दिए ।

कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, नेपाली संगीत, साहित्य तथा वाङ्मय विधामा उल्लेखनीय योगदान पुर्‍याएका महानुभावहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 July 21, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया