मन्त्री डा.राणाद्वारा बङ्गलादेशमा रहेका विद्यार्थीबारे निरन्तर अपडेट, ४२० विद्यार्थी आइपुगे

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी सुरक्षित रहेको बताएकी छिन् ।

आइतबार सामाजिक सञ्जालमार्फत मन्त्री डा.राणाले ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र उनीहरूलाई आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले आइतबार बंगलादेशबाट ४ सय २० नेपाली विद्यार्थी नेपाल फर्किएको बताएकी छिन् । त्यसमध्ये ३ सय ५ जना काँकडभिट्टा नाकाबाट र अन्य त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका हुन् ।

दूतावासले नेपाल फर्कन चाहनेहरूको यात्रामा सहजीकरण गरिरहेको छ । परराष्ट्रमन्त्री डा.राणाले बङ्गलादेशमा रहेको नेपाली राजदूतावासमा आफैले समन्वय गरेर नेपाली विद्यार्थीको अवस्थाका बारेमा जानकारी लिइरहेकी छिन् ।

बङ्गलादेश बस्न चाहनेहरूका लागि घरभित्रै बस्न र सावधानी अपनाउन सल्लाह दिँदै आएको मन्त्री डा.राणाले बताएकी छिन् । बङ्गलादेशबाट आइतबारसम्म १२ सय विद्यार्थी स्वदेश फर्किएका छन् ।

Published : Sunday, 2024 July 21, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया