बागमती सरकारको मुख्यमन्त्री कांग्रेसबाट बहादुरसिंह लामा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ ।

आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् ।

मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद ईन्द्रबहादुर बानियाँले पनि इच्छा देखाएका थिए ।

संविधानको धारा १६८ (२) अनुसार दलको नेता बाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्था अनुसार बानियाँले आकांक्षा राखेका थिए ।

Published : Sunday, 2024 July 21, 11:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया