राप्रपाका नेता एवम् पूर्वराज्यमन्त्री रायको हत्या

काठमाडौं । सर्लाही जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

आइतबार राति करीव ११ बजेर ३० मिनटमा अपरिचित व्यक्तिले धारिलो हतियार कट्टाको प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

सर्लाहीको चन्द्रनगर गााउँपालिका वडा नं. १ रतनपुरस्थित फार्महाउस (खेती गर्नको लागि बनाइएको घर)मा रायको हत्या भएको हो । मृतक रायको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवमा राखिएको छ ।

घटनास्थल रतनपुरमा प्रहरीले कुकुर परिचालन गरि नेपाल प्रहरीद्वारा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हत्याको घटनाबारे थप बिवरण आउन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

Published : Monday, 2024 July 22, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया