नासोंमा मर्स्याङ्दीको कटान रोक्न तटबन्ध, दीर्घकालीन समाधानका लागि कांग्रेस नेता गुरुङद्वारा गृहकार्य

चामे । नेपाली कांग्रेसका नेता एवम् सांसद टेकबहादुर गुरुङको पहलमा मनाङको नासों–१, तलमा मर्स्याङ्दी नदीमा तारजाली (तटबन्ध) निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।

मर्स्याङ्दी किनारमा रहेको ताल गाउँमा २०७८ जेठ १४, २९ र असार १ मा आएको बाढीले ठूलो क्षति पु¥याएको थियो । बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि ८० मिटर लामो मेसिनरी पर्खाल लगाइएको थियो ।

पर्खाल लगाएको तीन वर्षपछि असार २५ गते बिहान ७ बजे खोलामा आएको बाढीले १० मिटर जति बगाएको थियो । खोलाले मेसिनरी पर्खाल भत्किए पछि पुनः ताल गाउँ बाढी र डुबानको खतरामा परेको थियो ।

नेता गुरुङको पहलमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा उक्त क्षत्रमा एकसय घनमिटर तालजाली लगाउने काम भइरहेको छ ।

नेता गुरुङले तत्काल बाढी नियन्त्रणका लागि तारजाली लगाउने काम भइरहेको भन्दै तारजाली मात्रै स्थाई समाधान नरहेको बताए । उनले स्थाई समाधानका लागि संघीय र प्रदेश सरकारसंग छलफल भइरहेको र वर्षा महिना सकिने बित्तिकै काम शुरु हुने बताएका छन् ।

त्यसो त, बाढीले पुलहरू बगाएपछि अवरुद्ध यातायात सुचारु गर्नका लागि पनि सम्बद्ध पक्षसंग छलफल भएअनुसार एउटा काठे पुल निमार्ण भइसकेको र अन्य पूल निमार्णका लागि प्राविधिकसंग कुरा भई सकेको र प्राविधिकको टोली आइतबारसम्म सम्बन्धित स्थान पुग्ने र अध्ययन गरी तत्काल निमार्ण कार्य शुरु गरिने नेता गुरुङले बताए ।

नासों गाउँपालिका–१, तलमा मर्स्याङ्दी नदी किनारमा तारजाली (तटबन्ध) निमार्ण कार्य अन्र्तगत हाल बेसमेन्ट निमार्ण र त्यसमाथिको तारजाली सहितको पर्खाल निमार्ण कार्यअन्र्तगत अन्तिम चरणको कार्यहरू भइरहेको छ ।

हाल मनाङ जिल्लामा त्यत्ति भारी वर्षा नभएकाले नदी तथा खोलाहरुमा बाढीको जोखिम कम रहेकाले तारजाली लगाउने, अस्थाई काठे पूल निमार्ण गर्ने कार्य भइरहेको छ ।

तिमाङ झरनामा काठे पूल निमार्ण गर्न नसकिने भएकाले प्राविधकको टोली सोमबारसम्मा मनाङ आइपुग्ने र छलफलगरी निमार्ण कार्य अधि बडाइने प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए ।

नासोँ–१ ताल गाउँमा मनसुनी विपदबारे सूचना दिने, उद्घार र व्यवस्थापनका लागि स्थानीय र प्रहरी सम्मिलित समिति समेत गठन गरिएको लामिछाने बताएका छन् ।

Published : Monday, 2024 July 22, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया