मावन तस्करमा मुछिएकी ईन्दिराको काण्डपछि रास्वपाका नेताहरूले लाजश्रम मान्न छाडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरू राजनीतिमा आउनुभन्दा अगाडि कुनैन कुनै काण्डमा मुछिएको पछिल्ला घटनाहरूले देखाइरहेको छ ।

रास्वपाकी सांसद समेत रहेकी उपसभामुख ईन्दिरा राना मगर समेत मानव तस्करीमा मुछिएपछि यिनीहरूको मुखुण्डो उदाङ्गो बनेको छ । उपसभामुख रानाले अमेरिकाको भिसाका लागि समय मिलाउन पत्र लेखेको विषयमा प्रतिक्रिया दिँदा एकजना बाहेक अरु कसैलाई पनि चिनेको छैन भनेर बोलेकी छिन् । एकजनालाई मात्रै चिनेको छभने त्यहि एकजनालाई मात्रै सिफारिस गर्नुपर्ने थियो । तर, रानाले लोभ र लालचमा फसेर ५ जनालाई भिसाका लागि डेट मिलाइदिन उपसभामुखको लेटरहेड प्रयोग गरेर पत्र लेखेकी छिन् ।

बदनाम र विवाद भएपछि उपसभामुख रानाले आफूलाई बचाउन मानवीय समवेदनका कुरा गरेकी छिन् । मानव तस्करीका लागि पत्र लेख्ने अनि अहिले आएर समवेदनका कुरा गरेर बच्न खोज्ने । पत्र लेखेको विषयमा प्रक्रिया दिँदा रानाले हो मैले लेखेकै हो भनेकी छिन् ।

यस्ता मावन तस्करको आरोप लागेकी रानालाई उपसभामुखको पदमा बस्ने अधिकार छैन । रानालाई बचाउन रास्वपाका सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, मनीष झा लगायतको समूह सक्रिय भएर लागेको छ । यो समूहको हर्कत के हो ? सबैले बुझि सकेका छन् ।

रानाले उपसभामुख पदबाट राजीनामा दिएर छानविन र अनुसन्धानका लागि सहयोग गर्नुपर्छ । मानव तस्करीको अभियोग लाग्दा पनि राना प्रतिनिधि सभाको बैठकमा बस्न छाडेकी छैनिन् । उनलाई नैतिकता भन्ने कुरा नै थाहा छैन भनेर आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले कुरा उठाइसकेका छन् ।

रास्वपाका सभापति लामिछानेसहित अधिकांश नेताहरू काण्डै काण्डमा मुछिएका छन् । स्वर्णिम वाग्लेले नेपाललाई भुटानी मोडलमा लैजान भारतसँग कुरा गर्ने हो भने लामिछानेलाई प्रधानमन्त्री बनाउन सकिन्छ भनेर लाजिम्पाटको एम्बेस्डर होटलमा भनेको कारबाहीमा परेका महासचिव मुकुल ढकालले भनि सकेका छन् ।

सभापति लामिछाने नै सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका छन् । दोहोरो नागरिकता र राहदानी काण्डमा परेका छन् ।

विदेशी महिलासँग विवाह गरेर राष्ट्रियताको चर्को कुरा गर्ने स्वर्णिम वाग्लेले नेपाललाई भारतको प्रान्त जस्तो बनाउने भनेर गरेको प्रस्तावले धेरैलाई चकित तुल्याइदिएको छ ।

विदेशी नागरिकसँग विवाह गरेर पतिलाई नेपालमा राख्दै आएकी सांसद सुमना श्रेष्ठको पिआरका विषयमा अनुसनधान भइरहेको छ । यि र यस्ता घटनाहरू रास्वपाका नेता तथा सांसदहरूका लागि सामान्य भइसकेका छन् । अझै उनीहरूका कुरा चर्का छन् ।

मनीष झा पछिललो समय सभापति लामिछानेको निकै चाकढी गरिरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको समूहमा रहेर विभिन्न काण्ड गरेका झाको महत्वकांक्षाले गर्दा कांग्रेस छाडेर लामिछानेको पछि लागेका हुन् । झाका पनि विभिन्न एनजिओहरूका काण्ड क्रमशः आउने क्रममा छन् ।

Published : Monday, 2024 July 22, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया