परराष्ट्रमन्त्री डा.राणासँग जापानका राजदूत यसताकाद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग जापानका राजदूत युताकाले भेट गरेका हुन् । भेटमा नेपाल–जापानबीचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाको कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध झन् उच्चस्तरीय तथा सुमधुर हुनेमा राजदूत युताकाले विश्वास लिएका छन् ।

Published : Monday, 2024 July 22, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया