घरजग्गा कारोबारमा रहेकाे सीमालाई खुकुलो गर्नुपर्छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले–कांग्रेस दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका छन् ।

सोमवार संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री डा.महतले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए ।

डा.महतले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने बताएका छन् ।

डा.महतले शेयर बजार, जग्गा कारोबारलगायत क्षेत्रमा कर्जा प्रवाहका लागि सीमाहरू कायम राखेर गरेको माइक्रोम्यानेजमेन्टलाई विचार गर्नु आवश्यक रहेको बताए ।

बैंकको ब्याजदरमा सहजता आएको बताउँदै डा.महतले शेयर बजार र घरजग्गा कारोबारमा रहेका सीमालाई खुकुलो गर्नुपर्ने बताए ।

Published : Monday, 2024 July 22, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया