जोशीलाई एआइजी बढुवामा सिफारिस

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजी) रामदत्त जोशीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको गृह मन्त्रालय बढुवा समितिको बैठकले डीआइजी जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो ।

डीआइजीबाट एआइजी बढुवा सिफारिसमा परेका जोशीले ७ दिनपछि बढुवा भएको दर्ज्यानी चिन्ह लगाउनेछन् ।

Published : Monday, 2024 July 22, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया