गृहमन्त्री लेखकद्वारा विवादमा आइरहने अध्यागमन विभागको अनुमगन र निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन विभागको अनुगमन र बिफ्रिङ लिएका छन् ।

मङ्गलबार अध्यागमन विभाग, काठमाडौंको निरीक्षण गर्दै लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताएका छन् ।

लेखकले भने, ‘तपाईँहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट प्राप्त हुन्छ ।’

गृहमन्त्री लेखकले भनेका छन्, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस् ।’

देशभन्दा बाहिर जाने मानिसहरूलाई पनि बिदाई गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको बताए ।

उनले गतल ढङ्गले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गर्न निर्देशन दिएका छन् ।

बेलाबेला निकै विवादमा आइरहने अध्यागमन विभाग र त्यसका कर्मचारीहरूलाई गृहमन्त्री लेखकले सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।

Published : Tuesday, 2024 July 23, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया