सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीबीच भेट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बुझिएकाे छ । प्रदेश सरकारहरू गठन भइरहेका बेला देउवा र ओलीबीच भेट भएको छ ।

भेटमा के के कुरा भयाे केही भनिएकाे छैन । सरकारलाई गतिका साथ अगाडि बढाउने स्प्रिटमा काम गर्ने बताउँदै आएका कांग्रेस र एमालेका नेताहरूले छलफलहरूलाई बाक्लो बनाउँदै आएका छन् ।

Published : Tuesday, 2024 July 23, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया