परराष्ट्रमन्त्री डा.राणासँग क्यानडा र स्वीटजरल्याण्डका राजदूतद्वारा अलग अलग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्ड र क्यानाडाका राजदूतहरुले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.डेनियल मेउली मोन्टेलोनले भेटवार्ता गरेकी हुन् ।

भेटमा नेपाल–स्वीजरल्याण्डबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

यसैबीच, परराष्ट्रमन्त्री डा.राणासँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन म्याकेले पनि भेटवार्ता गरेका छन् ।

बिदाइ भेटका लागि आएका राजदूत म्याकेले नेपाल र क्यानडाको सम्बन्ध झन् प्रगाढ हुने विश्वास लिएका छन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल–क्यानडा सम्बन्धलाई सुदृढ बनाउन राजदूत म्याकेको प्रयासको प्रशंसा गरेकी छिन् ।

Published : Tuesday, 2024 July 23, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया