सौर्य एयरलाईन्सको जहाज दुर्घटनाको खबरले अत्यन्तै मर्माहत भएको छु : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सौर्य एयरलाईन्सको जहाज दुर्घटना भएको खबरले अत्यन्तै मर्माहत भएको जनाएका छन् ।

बुधबार प्रेस नोट जारी गरेर खतिवडाले काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनटमा पोखरा उडानको क्रममा जहाज दुर्घटनाग्रस्त भएको खबरले अत्यन्त दुःखित भएको जनाएका छन् ।

सभापति खतिवडाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

सभापति खतिवडाले उपचाररत क्याप्टेन मनीष शाक्यको स्वास्थ्य लाभको कामना गरेका छन् ।

Published : Wednesday, 2024 July 24, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया