सौर्य एयरलाइन्सको जहाज दुर्घटना घटनाप्रति तरुण अध्यक्ष गुरुङद्वारा गहिरो शोक व्यक्त

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष गुरुङले शोक वक्तव्य जारी गरेर दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको भन्दै अत्यन्तै मर्माहत भएको बताए ।

‘यस दुर्घटनामा ज्यान गुमाउनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल तरुण दल गहिरो समवेदना प्रकट गर्दछ’, उनले भने, ‘उपचाररत क्याप्टन मनीष शाक्यको स्वास्थ्य लाभको कामना गर्दछु ।’

‘यस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र मृतकहरूको शरीर अफन्तकोसम्म पुर्‍याउन शीघ्र पहल गर्न नेपाल सरकारसँग नेपाल तरुण दल आग्रह गर्दछ’, अध्यक्ष गुरुङले भनेका छन् ।

Published : Thursday, 2024 July 25, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया