लुम्बिनीमा २ राज्यमन्त्री थप गर्न कांग्रेस र एमालेबीच आन्तरिक गृहकार्य

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा दुई वटा राज्य मन्त्री पद थप्ने गृहकार्य शुरु भएको छ ।

बुधबार मुख्यमन्त्री पदमा एमालेका चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनेवित्तिकै दुई राज्यमन्त्री थप गर्ने गरि गृहकार्य भएको उच्च स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस र एमालेका दोस्रो तहका शीर्ष नेताहरूबीच दुई राज्यमन्त्रीमा महिलाहरूलाई बनाउने आन्तरिक सहमति भएको बुझिएको छ ।

स्रोतका अनुसार कांग्रेस र एमालेले १/१ राज्यमन्त्री पाउनेछन् । दलित र महिलालाई राख्नका लागि २ राज्यमन्त्री थप्ने तयारी भएको छ ।

लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय छन् । बुधबार मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रीले पथ तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसका चार जना मन्त्रीहरू बादशाह कुर्मी, धनेन्द्र कार्की, रोज राणा र प्रचण्डबिक्रम न्यौपानेले शपथ लिएका छन् ।

एमालेबाट मुख्यमन्त्री आचार्यका साथै भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु र सीता शर्मा चौधरी मन्त्री बनेका छन् । शपथ लिएको सबै मन्त्रीले मन्त्रालय पाएका छैनन् । आन्तरिक तयारीपछि मन्त्रालय पाउनेछन् ।

Published : Thursday, 2024 July 25, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया