पहिलो महिला मुख्य सचिव गड्तौलालाई परराष्ट्रमन्त्री डा.राणाको बधाई

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालको कर्मचारी प्रशासनको प्रमुख नेतृत्व गर्ने अवसर पहिलो पटक महिलालाई प्राप्त भएको भन्दै खुसी व्यक्त गरेकी छिन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेपछि परराष्ट्रमन्त्री डा.राणाले बधाइ तथा शुभकामना दिएकी छिन् । डा.राणाले सामाजिक सञ्जालमार्फत गड्तौला नेपाल सरकारको पहिलो महिला सचिव बनेको भन्दै बधाइ दिएकी हुन् ।

‘कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलाको काँधमा आएको हो’, डा.राणाले भनेकी छिन्, ‘यस अवसरमा नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाज्यूलाई धेरै बधाई र उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

Published : Thursday, 2024 July 25, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया