कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका मेयरको निधन

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित काठमाडौंको कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।

बिहीबार साउन १० गते नकर्मीको निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालद्वारा शुक्रबार बिहान जारी शोक वक्तव्यमा उल्लेख छ । मेयर नकर्मीको निधन भएपछि शोक मनाउन कीर्तिपुर नगरपालिकाले शुक्रबार अर्थात् साउन ११ गते नगरपालिकाभित्र शोक मनाउन विदा दिएको छ ।

मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलिका लागि राखिनेछ ।

मेयर नकर्मी नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए । नकर्मीको निधन भएसँगै परिवारका साथै कांग्रेसमा ठूलो क्षति भएको छ ।

Published : Friday, 2024 July 26, 8:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया