हरि-शर्मिलाको पहलमा बागलुङकी हिमानीको कलेजो उपचारका लागि साढे २ लाख संकलन

पोर्चुगल । ‘पाँच महिनाकी शिशु हिमानी अर्गेजा मगर बचाऊँ अभियान’ अन्तर्गत पोर्चुगलमा बस्दै आएका समाजसेवी एवम् ह्यारिज् सुसी स्कुलका सञ्चालक हरि मगर र शर्मिला पुन मगरको नेतृत्वमा रकम संकलन गरेर नेपाल पठाइएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका वडा नं.६ निवासी हाल पोर्तुगलमा बस्दै आएका नेपालीहरूसँग समन्वय गरेर हरि र शर्मिलाले हिमानीको कलेजोको उपचारका लागि रकम संकलन गरेका हुन् । उनीहरूले संकलन भएको नेपाली रुपियाँ २ लाख ४३ हजार केशबहादुर अर्गेजाको खातामा जम्मा गरिएको हरि मगरले बताएका छन् ।

बागलुङको तमान गाउँपालिका वडा नं. १ निवासी केशबहादुर अर्गेजाकी ५ महिनाकी छोरी हिमानी अर्गेजा मगरको कलेजो खराब भई प्रत्यारोपण गर्नुपर्ने भएको छ ।

हिमानीको कलेको प्रत्यारोपण र उपचार नेपालमा सम्भव नभएका कारण भारतको राजधानी नयाँदिल्लीमा रहेको अपोलो अस्पतालमा उपचार गर्नुपर्ने भएको छ ।

हिमानीको उपचारका लागि पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूको सहयोगबाट २ लाख ४३ हजार रकम संकलन गरी प्रदान गरिएको छ ।

समाजसेवी हरि मगरले सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका छन् ।

समाजसेवी मगरले संकलन भएको रकम हिमानीका बुबाको खातामा हालिदिएको बताएका छन् ।

हिमानको कलेजोको उपचारका लागि रकम संकलनमा हरि मगर र शर्मिला पुन मगरले नेतृत्वदायी विशेष भूमिका खेलेका छन् ।

000

1) Sharmila pun & Hari pun-105 euro
2) Bam BDD Gc( Kishan kaji -55 euro
3) Maya Gurung – 55 euro
4) Ashok magar -105
5) Surya Hamal -55
6) Yamendra gharti magar -51
7) Dipendra aacharya -55
8) Birat kumai( dreams )51
9) Gyanu gharti magar -51
10) Gyanendra Bdr. Chhantyal-51
11) Prem khadka -41
12) Shanta Rola magar -39
13) yekindra hamal -31
14) Mohan dhimal -35
15) Suman thapa -50
16) Yogen katuwal -50 euro
17) Rabin adhikari -25 euro
18) Hemanta chhantyal -21 euro
19) Khim BDR budha magar -21euro
20) Kamal pun -20 euro
21) Tilak nepali -31 euro
22) Dhanraj Sherpa – 25
23) Ganesh roka magar -31
24) Ram bahadur thapa -20
25) Arjun Sunam -31
26) Narendra thapa -20
27) Saugat Bista -21
28) Arjun Ghimire-25
29) Kamal sherbuja-21
30) Shambhu silwar -25
31) Panas Malla thakuri -21
32) Rabin Paija-25
33) suman pun -21
34) Suman Sharma -30
35) Padam Baduwal -41
36) Sabin lama -35
37) Hari Chhetri -25
38) Durga thapa -25
39) dhan thapa -20 euro
40) Nabin Shrestha-11
41) Bharat budha magar -11 euro
42) Sangita Purja -10
43) Machindra Aryal 51€
44) Bhima chuhan 21€
45) Samigya rai 21€
46) Bishnu Gurung 10€
47) Nikesh adhikari 10€
48) Nakul gautam 10€
49) pabitra Gurung 10€
50) Binod budhathoki 25euro
51) yubak Shrestha. 21
Total = 1671 Euro

Published : Friday, 2024 July 26, 11:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया