सुत्केरीको मृत्यु भएपछि शिर मेमोरियाल अस्पतालमा तोडफोड

बनेपा । काभ्रेको बनेपास्थित रहेको शिर मेमोरियल अस्पताल सुत्केरीको मृत्यु भएपछि आफन्तले तोडफोड गरेका छन् ।

शुक्रबार राति मृत्यु भएकी सुत्केरीका आफन्तले अस्पतालको आइसियुमा तोडफोड गरेका हुन् ।

साउन ९ गतेदेखि बनेपा नपा ३ नालाकी ३२ वर्षीया ईश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन् ।

शुक्रबार दिउँसो उनले नर्मल डेलिभरीमार्फत छोरा पाएकी थिइन् । सुत्केरी भएपछि उनको अवस्था गम्भीर बनेको थियो ।

रक्तश्राव धेरै भएसँगै उनको पाठेघरको शल्यक्रियासमेत गरिएको थियो । सुत्केरीको शुक्रबार राति नै मृत्यु भएको थियो । त्यसपछि आफन्तले तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

केही दिनअघि मात्रै काभ्रेकै धुलिखेल अस्पतालमा सुत्केरी र नवजात शिशुको ज्यान गएको थियो ।

Published : Saturday, 2024 July 27, 11:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया