कांग्रेसको समर्थनमा बनेको पावरफुल ओली सरकारले लय लिन थाल्यो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्री र सचिवहरूलाई एकसाथ राखेर जनताको काम गर्न निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री दाहालले सिंहदरबारमा मन्त्री र सचिवहरूका साथै सल्लाहकारहरूलाई राखेर विकास निर्माणका कामहरू समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले शून्य सहनशीलताका आधारमा काम गर्न पनि आदेश दिएका छन् ।

ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिएका हुन् ।

ओलीसँगको बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरू सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसको समर्थनमा बनेको पावरफुल ओली सरकारले आफूलाई सक्रिय बनाएर लगेको छ ।

Published : Sunday, 2024 July 28, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया