शान्तिश्री, भागिरथ, प्रिती, कविता लगायतका गीतहरूमा प्रतिबन्ध

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ५ वटा गीतमा प्रतिबन्ध लगाएको छ ।

आइतबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललेका अध्यक्ष चन्द्रमणि चौतम र सचिव कमल सरगमले संयुक्त विज्ञप्ति जारी गरेर ५ वटा गीतमा प्रतिवन्ध लगाएको जनाएका हुन् ।

प्रतिबन्ध लगाइएका गीतहरूमा कविता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’, प्रिती आलेको आवाजमा रहेको ‘मादलु धन्काउँदै’, केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी विमर्षीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ तथा प्रिती आले र प्रकाश शर्माको आवाजमा रहेको ‘चियर्स बियर’ गीत रहेका छन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज पर्व २०८१ लाई लक्षित गरेर सार्वजनिक भएका गीतहरूमा विकृतिजन्य शब्द र गीतहरू रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

देशभरका सम्पूर्ण सञ्चारकर्मीहरूले आफ्नो सञ्चारमाध्यममा यस्ता बिकृतिजन्य गीतहरूलाई प्रचार प्रसार गर्न प्रतिबन्ध लगाएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा कलाकार स्वयंले पनि आफ्नो सिर्जनाको आफैले सेन्सर गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

Published : Monday, 2024 July 29, 11:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया