क्लव उद्घाटन हुन नपाउँदै कतारमा केसी बलात्कार काण्डमा पक्राउ, गायक शिव परियार चकित
कतार । एनआरएनए कतारका सदस्य रमेश केसी बलत्कारको अभियोगमा पक्राउ परेका छन् ।
नेपाली व्यवसायी कतारका सदस्री, स्मार्ट ज्वेलरी, अरवानी क्लव र इन्फिनिटी क्लब कतारका संचालक केसीलाई बुधबार कतारको स्थानीय प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो ।
केसीसँग्र एनआरएनए कतारका सदस्य सुदीप पाठक र केसीको भाइलाई पनि कतारको प्रहरीले पक्राउ गरेको छ ।
केसीले एकजना मोरक्कोकी महिलालाई जवर्जस्ती बलात्कार गरेको अभियोग लागेको छ । ती महिलाले कतारको प्रहरीलाई निवेदन हालेपछि केसीलाई कतारको प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ ।
केसीले संचालन गरेको इन्फिनिटी क्लबको शुक्रबार उदघाटन हुँदैछ । उद्घाटन कार्यक्रममा प्रस्तुति दिन गायक शिव परियार कतार आएका छन् ।
बुधबार साँझ कतार आइपुगेका गायक परियारलाई स्वागतका लागि हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा क्लब सञ्चालक रमेश केसी, कार्यक्रम संयोजक रोशन अर्याल, सञ्चारकर्मी लक्ष्मी दर्नाललगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । गायक परियारलाई स्वागत गरे लगत्तै केसीलाई प्रहरीले पक्राउ गरेको कतारमा रहेका नेपालीहरूले बताएका छन् ।
केही वर्षपहिले कतार प्रवेश गरेका केसीले कतारमा विभिन्न धन्दा चलाउने गरेका छन् ।
देखावटी रुपमा स्मार्ट ज्वेलरी संचालन गरेका केसी कतारमा सुन तस्करीमा अग्रस्थानमा रहेका छन् । केसीले एजेन्ट लगाएर हरेक दिन नेपाल जाने नेपालीलाई सुन पठाउने काम गर्ने गरेको अभियोग छ ।
केसीले सुन पठाएका नेपाली कामदारहरू अहिले पनि नेपालको जेलमा रहेका छन् । केसीलाई नेपालको प्रहरीले पनि सुन तस्करी प्रकरणमा निगरानीमा राखेको छ ।
बलत्कार काण्डमापक्राउ परेका केसीको मोबाइलमा पटक पटक फोन गर्दा पनि मोबाईल बन्द भएको र केसी प्रहरी कस्टडिमा भएकाले सम्पर्क हुन सकेको छैन । केसीको प्रतिक्रिया लिने प्रयास सफल हुन सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया