आईजीपी कुँवरद्वारा एआईजीपी जोशी र एसपी दीपेशलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) रामदत्त जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

जोशीलाई नेपाल सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पदमा पदोन्नति गरेको थियो ।

गृह मन्त्रालय सचिवस्तरको २०८१ जेठ १३ गतेको निर्णयानुसार प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्राविधिक प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक ई.दीपेश जोशीलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

Published : Thursday, 2024 August 8, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया