कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिलाई काम गर्ने निर्देशिका तयार, प्रस्तावमा के के छन् ?
काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि निर्देशिकाको प्रस्ताव तयार पारेको छ ।
बिहीबार ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा निर्देशिका प्रस्तुत भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए । सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका हुन् । केन्द्रीय समितिबाट निर्देशिका पास गरेर कार्यान्वयनमा लैजाने कांग्रेसको तयारी छ ।
प्रवक्ता डा.महतले वडादेखि संघसम्मका जनप्रतिनिधिका लागि कार्यसम्पादन निर्देशिका बनाउने विषयमा पनि केन्द्रीय समितिमा छलफल भइरहेको बताएका छन् ।
प्रस्तावित निर्देशिकाअनुसार जनप्रतिनिधिहरूले संविधान, कानून र सम्बन्धित तहको निर्णयअनुरुप कार्य गर्नुपर्नेछ । जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यले सो निर्देशिका तयार गरिएको छ ।
कांग्रेसका जनप्रतिनिधिले कांग्रेससँग फरक विचार राख्नेहरूलाई पनि कार्यकर्तालाई झैँ समान व्यवहार गर्नुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया