नेपाल प्रहरीकी ईन्स्पेक्टर प्रिती वैशाखदेखि गायब
काठमाडौं । नेपाल प्रहरीकी प्राविधिकतर्फ प्रहरी निरीक्षक (ईन्स्पेक्टर) डा.प्रिती मिश्रलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
ईन्स्पेक्टर मिश्रलाई सम्पर्कमा आउन भनेर शुक्रबार गृह मन्त्रालयले ७ दिनको सूचना जारी गरेको छ ।
पर्सा जिल्लाको साविक हरिहरपुरकी मिश्र नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत रहेकी थिइन् ।
ईन्स्पेक्टर मिश्र लामो समयसम्म कार्यालयमा अनुपस्थित भई सम्पर्कीविहीन बनेकी छिन् । मिश्रलाई ७ दिनभित्र सम्पर्कमा आउन गृह मन्त्रालयले सूचना जारी गरेको छ ।
ईन्स्पेक्टर मिश्र वैशाख १० गतेदेखि १५ दिनको घर बिदा स्वीकृत गराई बिदा बसेकी थिइन् । बिदा बसेकी मिश्र हालसम्म पनि सम्पर्कमा आएकी छैनिन् ।
बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैह्रहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण सहित नआए भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने गृह मन्त्रालयले चेतावनी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया