राज्यलाई ठूलो आर्थिक भार पारेर प्रचण्डले सिर्जना गरेको पद ओली सरकारद्वारा खारेज

काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यकालाई ठूलो आर्थिक भार पर्ने गरेर सिर्जना गरिएको राष्ट्रिय सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकार सुरक्षा सल्लाहकार पद सरकारले खारेज गरिदिएको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले काम विहीनको सुरक्षा सल्लाहकार पद खारेज गरेको छ ।

तत्कालीन प्रधानमन्त्री दाहालले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन शंकरदास बैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेका थिए । दाहालले नियुक्त गरेका मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा परेपछि निलम्बनमा छन् ।

सरकारले निर्देशिका नै खारेज गरेको छ । निर्देशिका खारेज गर्ने छनक पाएपछि यसअघि नै शंकरदास बैरागीले पदबाट राजीनामा दिएका थिए ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका– २०८० खारेज गरेको छ ।

तत्कालीन प्रधानमन्त्री दाहालले बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउन तत्कालीन मुख्यसचिव शंकरदास बैरागीलाई राज्यमन्त्री सरहको सेवा सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार पद सिर्जना गरेका थिए ।

Published : Friday, 2024 August 9, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया