वागमती प्रदेशले पर्यटन प्रवर्द्धनका लागि यसअघि गरेको लगानी फजुल देख्यौँ : मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा लामाले अब भने पर्यटन क्षेत्रका नाममा फजुल खर्च गर्ने गल्ती नगर्ने बताए । उनले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि तयार रहेको पनि बताए ।
मुख्यमन्त्री लामाले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यस्थलहरूको निर्माण गर्न प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।
उनले भने, ‘पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न बागमती प्रदेश सरकार तयार छ । वागमती प्रदेशले पर्यटन प्रवर्द्धनका लागि यसअघि जुन लगानी गरेको छ त्यो फजुलमा गरेको हामीले देख्यौँ ।’
‘मन्दिर, गुम्बा छरिएर बनाएको छ । सबै ठाउँमा छरेर बनाएर पर्यटक आउँदैनन्’, उनले भने, ‘अर्को डाँडामा टावर बनाएको छ ।’
मुख्यमन्त्री लामाले भने, ‘टावर कहाँ बनाउने, मन्दिरहरू कहाँ–कहाँ बनाउने भन्नेकुरा फरक छ ।’
‘हाम्रो समाजलाई पनि सुद्धिकरण गरेर पर्यटकलाई आकर्षित गर्ने कम्तिमा पनि २÷३ दिन घुम्ने ठाउँ चाहिएयो’, मुख्यमन्त्री लामाले भनेका छन् ।
उनले भने, ‘पशुपतीमा धार्मिक पर्यटकको दृष्टिले आउँछन्, हरेक क्षेत्रको पर्यटकलाई आकर्षण दिने काम गर्नुपर्दछ । त्यसो गर्न सकियो भने हामी सफल हुनसक्छौं ।’
‘त्यसकारण म के आश्वासन दिन चाहन्छु भने हामी व्यवसायीको पक्षमा छौं’, मुख्यमन्त्री लामाले भने, ‘व्यवसायीको समस्या हामीलाई थाहा छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया