प्रधानमन्त्री ओलीले कार्यभार सम्हाल्दा सुशासनलाई प्राथमिकता : सभापति खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ढिलाइ नगरी सुशासनको काममा सबै लाग्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खतिवडाले प्रधानमन्त्री केपी ओलीले कार्यभार सम्हाल्दा सुशासनलाई प्राथमिकतामा राख्ने बताए । उनले अब सुशासनको काममा ढिलाइ नगरी सबै लाग्नुपर्ने बताएका छन् । सभापति खतिवडाले सुशासनका विषयमा वर्तमान, सरकार सफल हुने बताए ।
कार्यकारी प्रमुखहरू, संस्था, विभाग लगायतका निकायका प्रमुखहरूले कानूनसम्मत रूपमा जनतालाई दुख नदिई सही निर्णय गर्न सक्ने छिटै सुशासन कायम हुन सक्ने उनले बताएकाठमाडौं ।
सभापति खतिवडाले भ्रष्टाचार निवारण ऐनका विषयमा समितिमा छलफल भइरहेको भन्दै हदम्याद, आरोप लागे पनि निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा उचित निकासका साथ अघि बढ्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया