सगरमाथा सिमेन्टको टिप्परले मोटरसाइकललाई दियाे ठक्कर, दुर्घटनामा चाैधरीकाे मृत्यु
घोराही । दाङमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार राति घोराही उपमहानगरपालिका वडा नं. १५ दिपज्योति हस्पिटल नजिक सगरमाथा सिमेन्ट फ्याक्ट्रीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २२५४ नम्बरको टिप्परले सोही दिशाबाट आइरहेको रा १ ब ८८५ नम्बरको मोटरसाईकल ठोक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट प्रहरी टोली खटिई मोटरसाईकल चालक घोराहीको दीपशिखा चोक बस्ने वर्ष २८ का शक्तिसिंङ जिसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो ।
जिसीलाई थप उपचारका शनिबार बिहान ४ बजे मेडिकल कलेज, कोहलपुर, बाँके रिफर भएको थियो । टिप्पर चालक भरतपुर बस्ने वर्ष २४ का प्रवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, दङ्गिशरण गाउँपालिका वडा नं. ५ डाँडाचिसस्थित तुलसीपुरदेखि पश्चिमतर्फ जाँदै गरेको लु. प्र. ०२–००१ प ०९४६ नम्बरको मोटरसाइकल रोकिएको रा १ त १४२२ नम्बरको ट्याक्टरमा पछाडिबाट ठोक्किएको छ ।
ठोक्किदा मोटरसाइकल चालक दङ्गिशरण गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ का सम्राट गिरी घाइते भएका थिए ।
घाइते गिरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो । उनको उपचारका क्रममा शुक्रबार राति ११ बजे अस्पतालमा मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मोटर साईकल, ट्याक्टर र ट्याक्टर चालक जिल्ला बबई गाउँपालिका ७ बस्ने वर्ष २९ को ईन्द्रबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया