भारतीय प्रधानमन्त्री मोदीले दिए परराष्ट्रमन्त्री डा.राणालाई प्रधानमन्त्रीलाई दिने सम्मान
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकै महत्व दिएर भेट गरेका छन् ।
सोमबार नयाँ दिल्लीको सात लोककल्याणमार्गस्थित प्रधानमन्त्रीनिवासमा मोदीले परराष्ट्रमन्त्री डा.राणालाई दिएको उच्च सम्मान प्रशंसायोग्य रहेको छ ।
परराष्ट्रमन्त्री डा.राणाको भेटमा भारतीय प्रधानमन्त्री मोदीले आफूसँगै विदेशमन्त्री डा.एस.जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, मुख्यसचिव पीके मिश्र, विदेशसचिव बिक्रम मिश्री, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई साथमा राखेर छलफल गरेका छन् ।
जानकारहरूका अनुसार यस्तो जमघट यसअघि कुनै परराष्ट्रमन्त्री जाँदा थिएन् । यो प्रधानमन्त्रीलाई दिइने हैसियतको सम्मान बराबर हो ।
यो दृश्यबाट के भन्न सकिन्छ भने, कसैलाई पद दिएर मात्रै हुन्न । त्यो पदका लागि लायक र सक्षम व्यक्तित्व पनि हुनुपर्छ । अरूले पत्याउनु पनि पर्छ ।
भारतीय प्रधानमन्त्री मोदीले भेटमा दिएको सम्मान र महत्वले परराष्ट्रमन्त्री डा.राणा राष्ट्रिय राजनीतिमा जबर्जस्ती उदाउने देखिन्छ । बरू परराष्ट्रमन्त्री डा.राणा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नी भएका कारण राजनीतिमा छायाँमा परेको अनुभूति भएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएका छन् ।
नेपाली कांग्रेसकी नेतृ डा.राणाको क्षमता र योग्यताको भारतीय प्रधानमन्त्री मोदीले पहिचान गरेका छन् । डा.राणाले अन्तर्राष्ट्रिय क्षेत्रमा बनाएको पहिचान र स्थानले राष्ट्रिय राजनीतिमा निकै महत्व राख्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया