जापानमा कैँची खोज्न ३६ घण्टा चेकजाँच

टोकियो । जापानमा बोर्डिङ गेट नजिकैको पसलमा राखिएको कैंची हराएपछि जापानाको विमानस्थलमा ३६ घण्टा उडान रद्द गरेर चेकचाँच गरिएको छ ।

३६ घण्टा विमानस्थल बन्द गरिएपछि २०१ उडानमा ढिलाइ भएको छ । सुरक्षाका कारण कैची खोज्न सुरक्षाकर्मीले सबै यात्रुलाई चेकजाँच गरिएको छ ।

शनिबार बिहान होक्काइडोको नयाँ चितोसे विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँच दुई घण्टाका लागि स्थगित भएको थियो ।

प्रस्थान लाउन्जमा उपस्थित यात्रुहरूलाई फेरि सुरक्षा जाँच गर्न भनिएको थियो । यात्रुको लामो लाइन बनेको थियो ।

अधिकारीहरूले बेपत्ता कैंची पत्ता लगाउन प्रयास गरे तर, फेला पार्न सकेनन् । भोलिपल्ट सोही पसलमा कैंची भेटिएको छ ।

जापानको वार्षिक बोन पर्व मनाएर स्वदेश फर्कने यात्रुले निकै समस्या भोग्नुपरेको छ ।

Published : Wednesday, 2024 August 21, 8:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया