अवकासमा जान लागेका बहालवाला प्रहरी अधिकृतहरूद्वारा ३० वर्षे अवधि हटाउन माग गर्दै रिट दायार

काठमाडौं । नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतहरूले सर्वोच्च अदालत ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै रिट दायर गरेका छन् ।

बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्नेमा एसएसपीहरू दिनेश मैनाली, जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, बेलबहादुर पाण्डे, रवीन्द्र रेग्मीलगायतका छन् ।

३० वर्षे सेवा अवधि हटाउन माग गर्दै ५ एसएसपी, ६ एसपी, ६ डीएसपी र ४ प्रहरी निरीक्षकले संयुक्तरूपमा रिट दायर गरेका हुन् ।

नेपाल प्रहरीमा सेवा अवधि, पदावधि र उमेर हदमध्ये एक कारणले अवकाश पाउने व्यवस्था छ ।

३० वर्षे सेवा अधविका कारण झन्डै एक सय जना उच्च प्रहरी अधिकृत अवकासमा जाँदै छन् । उनीहरूले सेवा सुविधा बढाउनका लागि सर्वोच्चमा रिट दिन पुगेका छन् ।

रिट दिनेहरूमा अवकाशको मुखमा पुगेकाहरू छन् । उनीहरू केही समयपछि अनिवार्य अवकासमा जानेछन् ।

२०५१ सालमा नेपाल प्रहरीको असईबाट सेवा प्रवेश गरेका ९० जना सिनियर प्रहरी अधिकृतले भदौको अन्तिम साता अवकाश पाउँदैछन् । डीआईजीदेखि प्रहरी निरीक्षकसम्मका छन् ।

Published : Wednesday, 2024 August 21, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया