नयाँ उद्योग खुल्नेभन्दा पनि बन्द हुने संख्या बढ्दै गयो, कार्ययोजना बनाउनुस् : मन्त्री न्यौपाने
मसुरिया । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले प्रदेशवासीलाई विकासको प्रत्याभुत हुने गरि काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा न्यौपानेले आम नागरिकलाई मन्त्रालय र समग्र सरकारको प्रत्याभुत हुनेगरि काम गर्न निर्देशन दिएका हुन् ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूलाई प्रदेशमा उद्योग संचालनको उचित वातावरण निर्माण गरिनु पर्ने र यसले समग्र प्रदेशको आर्थिकस्तर वृद्धि हुने भएकाले स्वरोजगारको बाटो पहिल्याउने गरि काम गर्न मन्त्री न्यौपानेले निर्देशन दिएका छन् ।
उद्योग कार्यालयमार्फत सीप विकासका कार्यक्रम गर्नुपर्ने भन्दै मन्त्री न्यौपानेले भने, ‘सीप विकासका कार्यक्रम संचालन गरेर नगारिकलाई स्वरोजगार बनाउन सकिन्छ । यस्ता कार्यक्रमलाई जोड दिइनु पर्छ ।’
सिपमुलक कार्यक्रमले नागरिकलाइ दक्षता प्रदान गर्ने र रोजगारको सृजना समेत गर्ने भन्दै मन्त्री न्यौपानेले नागरिकलाई रोजगारमा जोड्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
नयाँ योजना र कार्यक्रम संचालनका लागि नियमित छलफल र संवाद अपरिहार्य रहने भन्दै मन्त्री न्यौपानेले नयाँ योजना बनाएर अगाडि बढ्नु पर्ने बताएका छन् ।
प्रदेशमा नयाँ उद्योग खुल्नेभन्दा पनि बन्द हुने संख्या बढ्दै जानु दुखद् रहेको मन्त्री न्यौपानेले बताए । उनले उद्योगहरूलाई चलायमान कसरी बनाउन सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउन मातहतलाई निर्देशन दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया