दाङ–काठमाडौंका लागि कस्तुरी र रोयल एयर बसहरू सञ्चालन

मसुरिया । त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिले दाङदेखि काठमाडौंसम्म सुविधा सम्पन्न नयाँ बसहरू सञ्चालनमा ल्याएको छ ।

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले यात्रुहरूको माग र इच्छाअनुसार नयाँ बसहरू सञ्चालनमा ल्याएको बताएका छन् । उनले कस्तुरी एयर बस र रोयल एड्भेन्चर एयर बसहरू सञ्चालनमा आएको बताए ।

कस्तुरी र रोयल एयर बसहरू यात्रुको सेवालाई विशेष ध्यान दिएर बनाइएको अध्यक्ष हमालले बताए । बसमा परिचारिकाहरू पनि राखिनेछन् ।

यात्रुहरूलाई समयमा गुणस्तरीय र सफा स्थानमा खाना, नास्ता खुवाउने, बेलाबेला शौचालय गराउने लगायतका विषयलाई ध्यानमा राखिएको अध्यक्ष हमालले बताएका छन् ।

प्रालिले भदौ १ गतेदेखि दाङदेखि काँकडभिट्टासम्म एसी बस सञ्चालनमा आएको जनाएको छ ।

२०४१ सालमा स्थापना भएको संस्थाले आफूलाई समय सापेक्ष रुपमा रुपान्तरण गर्दै यात्रुको माग र इच्छाअनुसारको सेवा दिँदै आएको छ ।

Published : Thursday, 2024 August 22, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया