भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आइतबार काठमाडौंमा भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा नेपाल ४–१ ले विजयी भएको एन्फाको फेसबुक पेजमा उल्लेख छ । नेपालका गोलकिपर जियारथ शेखले भुटानको २ वटा प्रहार रोकेका थिए ।

Published : Sunday, 2024 August 25, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया