अभिनेत्री कंगना रनावतलाई मार्ने धम्की

मुम्बई । भारतको लोकसभा सदस्य समेत रहेकी बलिउड अभिनेत्री कंगना रनावतलाई भिडियो सन्देशमार्फत मार्ने धम्की आएको छ ।

रनावतलाई भिडिओ सन्देशमार्फत मार्ने धम्की आएको छ । कंगनाले आफूलाई मार्न भनेर आएको भिडिओलाई सेयर गर्दै महाराष्ट्र, हिमाचल प्रदेश र पंजाव पुलिससँग कारबाहीको माग गरेकी छिन् ।

सामाजिक सञ्जालमा राहुल चौहानको नामबाट भिडिओ सार्वजनिक भएको छ । भिडिमा अभिनेत्री रनावतलाई आफ्नो सुरक्षा बढाउन अनुरोध गरिएको छ ।

भिडिओमा केही सिख युवा इमरजेन्सी फिल्मको बारेमा कुराकानी गर्दै गरेको देख्न सकिन्छ ।

फिल्म ‘इमरजेन्सी’मा पूर्व प्रधानमन्त्री ईन्दिरा गान्धीले भारतमा आपतकाल लगाएको घटनामा आधारित छ । अभिनेत्री रनावतले निर्देशन गरेको फिल्म ६ सेक्टेम्बरदेखि हलमा रिलिज हुनेछ । एजेन्सी

Published : Tuesday, 2024 August 27, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया