एप्पलले नयाँ आईफोनसहितका उत्पादनहरू सेप्टेम्बरमा सार्वजनिक गर्ने

लण्डन । एप्पलले सेप्टेम्बर ९ मा आफ्नो वार्षिक एप्पल इभेन्ट गर्ने तयारी गरेको छ ।

एप्पलले आफ्नो नयाँ आईफोनसहितका उत्पादनहरू सार्वजनिक गर्ने गरेको छ । एप्पलको नयाँ आईफोन १६ का विभिन्न मोडलसँगै एप्पलका वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडेल, नयाँ सफ्टवेयर अपडेट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी थप घोषणा हुने अपेक्षा गरिएको छ ।

एप्पलका प्रमुख टिम कुक र वरिष्ठ अधिकारी क्रेग फ्रेडरिघीलगायतले सम्बोधन गर्ने सो कार्यक्रममा सार्वजनिक गरिने आईफोन १६ एआईका विभिन्न सुविधासहित आउनेछ ।

गत जुनमा भएको डिभेलपर्स कन्फेरेन्समा एप्पलले आफ्नै एआई प्रविधि एप्पल इन्टेलिजेन्स घोषणा गरेको थियो ।

यो प्रविधिका कतिपय फिचर नयाँ आईफोनमा समावेश हुने अड्कल गरिएको छ ।

आईफोनका नयाँ मोडलले केही खस्केको बिक्री सुधार्ने पनि कम्पनीले अपेक्षा गरेको छ । एप्पलका उत्पादनहरूबारे निरन्तर लेख्ने सञ्चार माध्यमले आईफोन १६ एक्सन बटन, ठूलो डिस्प्ले र ए १८ चिपसहित उपलब्ध हुने र जुनमा घोषणा भएका कतिपय एआई सुविधा भने २०२५ तिर आईफोन १५ भन्दा पछिका आईफोनमा मात्रै समावेश हुने उल्लेख गरेका छन् ।

Published : Wednesday, 2024 August 28, 12:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया