कांग्रेस नेता राणा भारत भ्रमणका लागि प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका राणा शनिबार भारततर्फ प्रस्थान गरेका हुन् । भारतमा रहँदा उनले भेटघाटहरू पनि गर्ने छन् ।

पूर्वअर्थ राज्यमन्त्री राणासँगै उनकी पत्नी उर्वशी राणा पनि भारत प्रस्थान गरेकी छिन् । उनीहरू ११ दिन भारतमा रहनेछन् ।

Published : Saturday, 2024 August 31, 5:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया