मन्त्री गुरुङले भने, ‘आईजीपीले त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो’

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले सरकारलाई असहयोग गरेको प्रशङ्ग उठाएका छन् ।

शनिबार पोखरामा प्रेस चौतारी नेपाल गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङले संघीय प्रहरी ऐन कार्यान्वयनमा प्रहरी प्रमुखले असहयोग गरेको सन्दर्भ उठाए ।

मन्त्री गुरुङले संघीय प्रहरी ऐनको विरोध गर्ने त्यही सेक्टरका मानिसहरू धेरै भएको दाबी गरे ।

उनले प्रहरी प्रमुखलाई सम्बोधन गर्दै भने, ‘अस्ति प्रहरीको आईजीपीले के भन्यो ? म लागू नै गर्दिनँ… हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरि ।’

मन्त्री गुरुङले वर्तमान सरकार लामो समय नजाने भनी आइरहेका समाचारहरूको खण्डन पनि गरेका छन् ।

मन्त्री गुरुङले वर्तमान सरकारले प्रदेशलाई प्रभावकारी बनाउने कानून ल्याउने समेत बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारी सञ्चारमाध्यम राजा महेन्द्रकालीन ऐनबाट चलिरहेकाले त्यसमा आवश्यक परिमार्जन गर्ने बताए ।

Published : Sunday, 2024 September 1, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया