गोदावरीको ठैबबाट जुवाडेहरू पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ललितपुरमा आठ जनालाई पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगतवीर देसारको आशिष झरना भ्यू होटलमा छापामारेको छ ।

होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगतवीर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

Published : Sunday, 2024 September 1, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया