डिएमआई वाईबल स्कुलको होस्टेलमा शव फेला

काठमाडौं । ललितपुरमा रहेको डिएमआई वाईबल स्कुलको होस्टेलमा २९ वर्षीय सकलु मर्डीको शव भेटिएको छ ।

ललितपुर महानगरपालिका–२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाईबल स्कुलको होस्टेलमा बसी अध्ययन गर्ने मोरङ घर भएका सकलु मर्डी सोही होस्टेलमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सकलु मर्डीको मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेका कारण तत्काल केही बताउन प्रहरीले मानेको छैन ।

यसैगरी ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित बाग्मती करिडोरको डिलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Sunday, 2024 September 1, 1:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया